काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य देशबन्धु वस्नेत (अजित)को सभापतित्वमा गठित द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम विस्तार भएको छ । फोरमको सह–सभापतिहरूमा एनआरएनए यूकेका कुल आचार्य, नेपाल इजिप्ट चेम्वर अफ कमर्स एण्ड इण्डट्रिका अनोज रिमाल र निर्यात प्रवद्र्धन परिषद नेपालका हरि बहादुर कार्की छन् । फोरमका […]

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा ८९ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ८८ हजार ३५० रुपैयाँमा कारोवार हुने […]

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद पुनःस्थापनापछि पार्टीको आधिकारिक धारणा नेताहरुकै मुख वा आधिकारिक ठाउँबाट बुझ्न आग्रह गरेका छन् । शुक्रबार सामाजिक संजाल फेसबुकमार्फत प्रवक्ता श्रेष्ठले पार्टीको आधिकारिक धारणा र नेताहरुको विचार संचारमाध्यमको आधारणमा विश्लेषण नगर्न आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना […]

काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशी अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । बिहीबार राति जोशीलाई स्वास्थ्यमा समस्या देखिएको थियो । जोशीको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको विद्यार्थी नेता युपी लामिछानेले जानकारी दिएका छन् । उनलाई मस्तिस्कघात भएको छ । मस्तिस्कमा रगत जमेका कारण उनको शल्यक्रियाको तयारी भइरहेको बताइएको […]

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँट गरिएको छ । धेरै आवेदन परेका कारण प्रतिशत आवेदकले मात्रै पाएका हुन् । १५ लाख ३६ हजार ६८२ सदर आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० जनाले १०/१० कित्ता हात पारेका छन् । यसैगरी लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता शेयर बाँडफाँट […]

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नम्बरको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ […]

ग्रीस र अस्ट्रियाले युरोपेली सङ्घ (ईयू) का अन्य सदस्य राष्ट्रलाई कोरोनाभाइरस ’भ्याक्सिनेसन पासपोर्ट’ अर्थात् ’खोप राहदानी’ स्विकार्न आह्वान गरेका छन् । त्यसले महामारीका कारण जर्जर बनेको युरोपको पर्यटन उद्योग उकासिने उनीहरूको तर्क छ । ती देशहरूले युरोप यात्रा गर्नका लागि एउटा प्रमाणपत्र जस्तै खोप लगाएको प्रमाणित हुने कागजलाई अनुमति दिन […]

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत विनोद राईको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो । ब्वाइज युनियनको जितमा टङ्कबहादुर स्याङ्तानको थप एक गोल रहेको थियो । खेलको […]

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघका बीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज) को प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बिहीबार एक […]

गायक सिडी विजय अधिकारीको सुमधुर आवाज रहेको ‘म तिम्रो भएँ’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार नेपालगन्जको क्युएफएक्स बागेश्वरी सिनेमाजको हलमा पत्रकार सम्मेलन गरी गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायक सिडी विजयकै शब्द अनि संगीत रहेको छ । मनिषा राइले सिडीलाई गायनमा साथ दिएकी छिन् । […]