कोरोना संक्रमणबाट छैटौं व्यक्तिको मृत्यु, संक्रमितको संख्या, १,२१२

Spread the love

काठमाडौं । शुक्रबार नेपालमा थप १७० जना कोरोना संक्रमित थपिएका छन् । झापामा २८ जना, सप्तरीका चार जना, बाराका चार जना, पर्साका ५ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा एक जना सर्लाहीका, गण्डकी प्रादेशिक अस्पताल गरिएको परीक्षणमा म्याग्दीका एक जना, भेरी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बाँकेका दश जनामा,  भरतपुरमा गरिएको परीक्षणमा कपिलवस्तुका चार जना, नवलपरासीका दुई जना, काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका २३ जनामा, रौतहटका ५६ जना, सर्लाहीका ४ जना, रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका १५ जना, रुपन्देहीका एक जना, र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका २ जना, कपिलवस्तुका ९ जनामा संक्रमण देखिएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या एक हजार दुई सय १२ पुगेको छ । यसैबीच नेपालमा कोरोना संक्रमितबाट छैटौं व्यक्तिको मृत्यु भएको छ । भारतबाट आएका अर्घाखाँचीका एक पुरुषको मृत्यु कोरोनाबाट भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनको जेठ दश गते मृत्यु भएको थियो । उनको स्वाव परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिएका छन् ।

त्यस्तै हालसम्म २०६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । त्यस्तै पिसिआर बिधिबाट ६४ हजार १५४ र आरडिटी बिधिबाट १ लाख ५ हजार ४ सय ७८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गम्भीर समस्यामा रहेका २५ हजार नागरिक पहिलो चरणमा स्वदेश फर्काउने सरकारको तयारी

२०७७ जेष्ठ १६, शुक्रबार ११:४५
Spread the loveकाठमाडौं । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ । शुक्रबार बसेको समितिको बैठकले तेश्रो मुलुकमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउने गरि कार्ययोजना पारित गरेको हो । विभिन्न देशमा रहेका नागरिकहरु जो स्वदेश फर्किन चाहन्छन् उनीहरुको विवरण परराष्ट्र […]