‘१० अर्ब हराएको सूचना जारी गरौं, पाइपाइ खोजौं’

Spread the love

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्सेर राणाले कोरोना संक्रमणका नाममा दश अर्ब खर्च गरेको हिसाव खोज्नुपर्ने बताएका छन् । सोमबार ट्वीट गर्दै अध्यक्ष राणाले क्वारेन्टाइन अस्तव्यस्त, खान नपाएर जनताको बेहाल भएको अवस्थामा कसरी दश अर्ब खर्च भएको भन्दै प्रश्न गरेका हुन् ।

उनले लेखेका छन्, ‘सरकारले कोभिड–१९ विरुद्ध १० अर्ब खर्च गरेको हो भने क्वारेन्टीन किन अस्तव्यस्त ? नगरपालिका, गाउँपालिकालाई खर्च धान्न किन धौधौ ? विदेशबाट फर्कनेहरू बिना परीक्षण किन घर पुगीरहेका छन् ? खान नपाएर जनता किन बेहाल छन् ? हेलो सरकार, त्यसैले १० अर्ब हराएको सूचना जारी गरौं, पाइपाइ खोजौं।’

त्यस्तै राणाले भनेका छन्, ‘सरकारको नीतिले संक्रमण बढेन, मन्त्री, प्रम, राष्ट्रपतिले यही रट लगाए। समय छँदा यस्तै आत्मप्रशंसामा रमाए । हाल संक्रमण ठाडो उकालो गतिमा छ। जनता बन्दाबन्दी तोड्दै छन्। चुनौतिको पहाड छ। कम्तिमा ओम्नी घोटालामा कारवाही गरे हुने। तर राज के हो प्रधानमन्त्रीज्यू, सरकार पूर्ण अल्मलिएको छ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकता गर्दा नाम तल राख्न मानेर बाबुरामको उचाई अझै बढेको छः कमल थापा

२०७७ जेष्ठ २६, सोमबार ०८:५४
Spread the loveकाठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आयोगमा पेश गरेको कागजले डा. बाबुराम भट्टराईको राजनीतिक उचाई वा वरियता कायम नहुने टिप्पणी गरेका छन् । जनता समाजवादी पार्टी आइतबार निर्वाचन आयोगमा दर्ता हुदा डा. भट्टराईलाई चौथो वरियतामा राखिएपछि सामाजिक संजालमा भएको टिप्पणीप्रति ट्वीट गर्दै अध्यक्ष थापाले यसले […]