एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित

Spread the love

काठमाडौं । एमसीसीबारे छलफल गर्न आज अपरान्ह चार बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । चार बजेका लागि बोलाइएको बैठक अकस्मात स्थगित गरिएको हो । दुई अध्यक्ष र महासचिवको परामर्शबाट बोलाइएको बैठक स्थगनको एसएमस पाउँदा आफूहरु अचम्मित भएको नेताहरुले बताएका छन् ।

पार्टी महासचिव विष्णु पौडेलले आकस्मिक काम परेकाले बैठक स्थगित गरिएको जानकारी दिएका छन् । पार्टीमा एमसीसीका बारेमा निर्णय गर्न बोलाइएको यसअघिका बैठक पनि बिना निष्कर्ष टुंगिएका थिए भने पछिल्लो समय बैठक स्थगितको श्रृंखला नै बनेको छ । जसका कारण सत्तारुढ नेकपामा एमसीसी बेबारिसे बनेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना संक्रमण

२०७७ जेष्ठ ३२, आईतवार १०:०७
Spread the loveकाठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ५, ७६०पुगेको छ । त्यस्तै रेडजोनमा ४९८ जना छन् । त्यसैगरी आइतबारसम्म पीसीआर विधिबाट […]

समाचार छुट्याे की?