• Fri. Oct 23rd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

टासी घलेलाई मानार्थ अध्यक्षमा पुनः फर्काउने एन्फाको निर्णय

ByHT

Jun 16, 2020
Spread the love

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले टासी घलेलाई मानार्थ अध्यक्षमा पुन फर्काउने निर्णय गरेको छ । मंगलबार बसेको एन्फाको कार्यसमिति आपतकालिन बैठकले पूर्व मानार्थ अध्यक्ष घलेलाई सोही पदमा पुन नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि एन्फाले मानार्थ अध्यक्ष पद खारेज गरेको थियो । यस्तै, बैठकले भक्तपुर जिल्ला फुटबल संघको कार्यसमितिलाई बिघटन गरी तदर्थ समिति गठन गरेको छ ।

विधान विपरित कार्यसमिति निर्वाचित भएको देखिएको भन्दै एन्फाले भक्तपुर जिल्ला संघलाई भंग गर्दै तदर्थ समिति गठन गरेको हो । यसअघि हिजो आव्हान गरिएको आपतकालिन समितिको बैठक कोरम नपुगेर रद्द भए पछि एन्फाले आज पुनः कार्यसमितिको आपतकालिन बैठक बोलाएको थियो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *