• Tue. Oct 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

भारत-चीन सीमा विवाद समाधानका लागि अमेरिकाले सघाउने

ByHT

Jun 21, 2020
Spread the love

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच विद्यमान तनावलाई आफूले नियालिरहेको र सहयोग गर्न इच्छुक भएको बताएका छन् । उनले दुवै देशसँग अमेरिकाले त्यस विषयमा कुराकानी गरिरहेको जानकारी दिए । राष्ट्रपति ट्रम्पले यसबारेमा आफूले भारत र चीनसँग कुराकानी गरिरहेको बताए ।

उनले भने, ‘त्यहाँ दुई देशबीच ठूलो समस्या छ। दुवै आमुन्नेसामुन्ने भएका छन् र हामी अब के हुन्छ हेरिरहेका छौँ। हामी उनीहरूलाई सहयोग गर्न प्रयास गर्दैछौँ।’ गत साता सोमवार राति गलवान उपत्यकामा भारत र चीनबीच भएको हिंसक सङ्घर्षमा भारतका वरिष्ठ सैन्य अधिकारीसहित २० सैनिकको मृत्यु भएको थियो । भारतले चिनियाँ सैनिकहरू पनि हताहत भएको दाबी गरेको छ । तर चीनले त्यसबारे आधिकारिक रूपमा केही भनेको छैन ।

भारत र चीनबीच विद्यमान तनावबारे अमेरिकी राष्ट्रपतिले गत महिना सामाजिक सञ्जालमा टिप्पणी गर्दै आफू मध्यस्थता गर्न तत्पर भएको बताएका थिए । एउटा ट्वीटमा ट्रम्पले भनेका थिए, ‘हामीले भारत र चीन दुवै देशलाई जारी सीमा विवादबारे मध्यस्थता गरिदिन अमेरिका तयार, इच्छुक र सक्षम भएको जानकारी दिएका छौँ। धन्यवाद।’

राष्ट्रपति ट्रम्पले चीनसँगको तनावका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मनोदशा नराम्रो भएको टिप्पणी गरेका थिए । तर ट्रम्पले मध्यस्थताका लागि गरेको प्रस्तावलाई भारत र चीन दुवैले अस्वीकार गरिदिएका थिए । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गलवानमा भारतीय सैनिकको मृत्यु भएकोमा समवेदना प्रकट गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *