चट्याङ लागेर मकवानपुरमा दुई जनाको मृत्यु

Spread the love

हेटौँडा । मकवानपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु र एक जना घाइते भएका छन् । गएराति अविरल वर्षासँगै परेको चट्याङ लागेर बकैया गाउँपालिका २ स्थित कालापानीका बुद्ध घिसिङकी १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको मृत्यु भएको हो ।

सम्झनाको घरमा बसिरहेको बेला चट्याङ लागेर घटनास्थलमै र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा गएराति नै उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै स्थानीय पूर्णबहादुर जिम्बाका १४ वर्षीय छोरा किरण जिम्बा घाइते भएकोमा दोभान स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चट्याङ लागेर मकवानपुर, सप्तरी र उदयपुरमा गरी सात जनाको मृत्यु

२०७७ असार ११, बिहीबार ०५:११
Spread the loveकाठमाडौं । बिहीबार मकवानपुर, सप्तरी र उदयपुरमा चट्याङ लागेर सात जनाको मृत्यु भएको छ । मकवानपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु र एक जना घाइते भएका छन् । बुधबार राति अविरल वर्षासँगै परेको चट्याङ लागेर बकैया गाउँपालिका २ स्थित कालापानीका बुद्ध घिसिङकी १७ वर्षीया छोरी सम्झना घिसिङ र […]