मानवीय त्रुटीका कारण पाकिस्तानमा विमान दुर्घटना

Spread the love

पाकिस्तानमा गरिएको एउटा अनुसन्धानले गत महिना ९७ जनाको ज्यान जाने गरी भएको पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)को जहाज दुर्घटनामा मानवीय गल्तीलाई जिम्मेवार ठहर्याएको छ ।

उड्डयन मन्त्री गुलाम सर्वार खानले संसदलाई त्यसबारे जानकारी दिँदै पाइलट र हवाई नियन्त्रकले उड्डयन मापदण्ड पालना नगरेको बताए । उनका अनुसार कोरोनाभाइरसबारेको कुराकानीका कारण पाइलटको ध्यान अन्यत्र मोडिएको थियो । २२ मेमा भएको उक्त दुर्घटनामा दुईजना यात्रु मात्र बाँच्न सकेका थिए । निकै उचाइमा उडान गरिरहेका पाइलटले अवतरण गियर प्रयोग नगरेको र इन्जिनमा समस्या आएको जानकारी टावरलाई दिन विफल भएको मन्त्री खानको भनाइ थियो ।

उनले एयरबस ए३२० विमानमा कुनै खराबी नरहेको भन्दै पहिलो अवतरण प्रयासमा ’ल्यान्डिङ गियर’ राम्ररी खोल्न नसकेको र त्यसकै कारण पुनस् उड्नुअघि छुस्स जमिनमा छोएको बताए । दोस्रो अवतरणको क्रममा हवाई नियन्त्रकहरूले पाइलटलाई इन्जिन नराम्ररी बिग्रिएकोबारे जानकारी दिन चुकेको उनको भनाइ थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना भाइरसविरुद्धको नयाँ खोप परीक्षणमा प्रतिस्पर्धा

२०७७ असार ११, बिहीबार ०२:१८
Spread the loveबेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण सुरु भएको छ । लन्डनको इम्पेरियल कलेजमा तीन सय मानिसमाथि खोपको परीक्षण गर्ने तयारी भएको बीबीसीले उल्लेख गरेको छ । खोपको परीक्षणमा सहभागी हुन चाहेका व्यक्तिलाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया थालिएको वैज्ञानिकले बताएका छन् । इम्पेरियल कलेज लण्डनका प्राध्यापक […]