राष्ट्रपतिलाई कसैले पनि आफ्नो स्वार्थका लागि विवादमा नतानौं

Spread the love

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई स्वार्थका लागि विवादमा नतान्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले शनिबार साँझ मन्त्रीहरुसँग छलफल गरी आफू र राष्ट्रपति विरुद्ध षड्यन्त्र भइरहेको बताएपछि प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो । यो गरिमामय संस्थालाई कसैले पनि आआफ्नो स्वार्थका लागि विवादमा नतानौं । राष्ट्रपतिको बिरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमूल्यन नगरौं । राष्ट्रपतिज्यू स्वयंको पनि ध्यान जाने नै छ।’

प्रधानमन्त्रीले मन्त्रीहरुसँग आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भइरहेको भन्दै कित्ता क्लियर गर्न भनेका समाचार सार्वजनिक भएका छन् । स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा मागिएपछि ओली पार्टी विभाजन गर्ने तयारी रहेको बताइन्छ । संसद अधिवेशन अन्त्य गरी अध्यादेश ल्याएर उनी पार्टी फुटाउन लागेको आँकलन हुन थालेको छ । उनी दिनहुँजसो राष्ट्रपतिलाई भेट्न जाने गरेका छन् । यसबाट पनि अनुमान पुष्टि हुने आधार देखिन थालेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकामा २९ लाख भन्दा बढीलाई कोरोना संक्रमण

२०७७ असार २०, शनिबार १६:५७
Spread the loveविश्वभर ६४ लाख ३३ हजार भन्दाबढी कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । १ करोड १३ लाख ७८ हजार ९ सय ७९ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकामा ६४ लाख ३३ हजार ९ सय ६३ जना उपचार पछि निको भएर घर फर्किएका हुन् । यस्तै संक्रमितमध्ये ५ […]

समाचार छुट्याे की?