मेलम्चीको सुरुङमार्गमा पानी पठाएर परीक्षण शुरु

Spread the love

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको परीक्षण शुरु गरिएको छ । आइतबारदेखि अस्थायी बाँधमार्फत करीब २७ किलोमिटर लामो सुरुङमार्गमा पानी पठाएर परीक्षण शुरु गरिएको खानेपानी मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा खानेपानी मन्त्री विना मगरले ठूलो चुनौतीसँग जुधेर आयोजनाको अधिकांश काम सम्पन्न भएको जानकारी दिइन् । उनले आयोजनाको उद्घाटन छिटै गरिने पनि जानकारी दिइन् । मन्त्री मगरले निरासालाई चिरेर मेलम्चीले आशा सिर्जना गरेको र घरघरमा मेलम्चीको पानी पुग्ने दिन टाढा नभएको बताइन् ।

परीक्षणको काम सक्न १५ देखि २० दिन लाग्न सक्ने अनुमान गरिएको छ । अस्थायी बाँध बनाएर मेलम्ची खोलाको पानी सुरुङमा हालिएपनि हेडवक्र्सको काम भने सकिएको छैन । पत्रकार सम्मेलनमा मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाले विभिन्न प्रश्नहरु सिर्जना गर्ने काम गरेको बताउँदै यो कामले थुप्रै प्रश्नहरुको जवाफ दिएको बताइन् ।

सरकारकाले वर्षैंदेखि पूरा गर्न नसकेको आयोजना पूरा हुने दिशातर्फ गएको भन्दै मन्त्री मगरले आफूलाई यो विषय जनतामाझ ल्याउन पाउँदा खुसी लागेको बताइन् । उपत्यकामा दैनिक १७ करोड लिटर खानेपानी वितरण गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०५५/५६ बाट यो आयोजना निर्माण शुरु गरिएको थियो । आयोजनामा अहिलेसम्म ३० अर्बभन्दा बढी खर्च भइसकेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दिल्लीमा खुल्यो सङ्क्रमितका लागि विश्वकै ठूलो स्याहार गृह

२०७७ असार २१, आईतवार ११:२०
Spread the loveभारतको राजधानी दिल्लीमा १० हजार शय्या रहेको कोरोनाभाइरस स्याहार गृह उद्घाटन गरिएको छ । उक्त स्याहार गृहमा सामान्य लक्षण भएका तथा कोभिड १९ पोजेटिभ भए पनि कुनै लक्षण नदेखिएकाहरूको उपचार गरिने बताइएको छ । २० वटा फुटबल मैदानजत्रो आकारको उक्त स्याहार गृहलाई स्थानीय सञ्चारमाध्यमहरूले विश्वकै सबैभन्दा ठूलो कोरोनाभाइरस […]