डोटीमा बस दुर्घटना, तीन जनाको मृत्यु, ३२ घाइते

Spread the love

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिए ।

बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुटवल कोरोना विशेष अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु

२०७७ श्रावण २८, बुधबार ०३:२७
Spread the loveबुटवल । बुटवलको कोरोना बिशेष आईसोलेसन अस्पतालमा उपचार गराईरहेका दुई जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा ४२ र २५ बर्षका पुरुष छन् । उनीहरु दुबै कपिलवस्तुका बासिन्दा हुन् । साउन २५ गतेदेखि उपचार गराईरहेका ४२ बर्षीय पुरुष र २७ गते भर्ना भएर उपचार गराइरहेका २५ बर्षीय पुरुषको […]