कोरोनाको सामना गर्नसक्ने ढंगले काम गर्न सरकार असमर्थ भयोः सभापति देउवा

Spread the love

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण नियन्त्रणमा सरकारले काम गर्न नसकेको बताएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा सभापति देउवाले कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको, संक्रमण तीब्र गतिमा बिस्तार भएको तर सरकारले काम गर्न नसकेको बताएका हुन् ।

उनले बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ नदेखिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । कमजोरीको समीक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार गम्भीर नभएको उनले बताए । देउवाले भने, ‘आइसोलेसन र भेन्टिलेटर पर्याप्त ब्यवस्था गर्न किन ढिलाइ ?’

त्यस्तै भेटमा उनीहरुबीच कतिपय संवैधानिक नियुक्तिहरु बारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापतिसँग परामर्श गर्नु भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान जानु जरुरी रहेको भन्दै देउवाले अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्युत प्राधिकरणको सञ्चित नाफा ४ अर्ब ८७ करोड रुपैयाँ

२०७७ भाद्र १, सोमबार ०७:५३
Spread the loveकाठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । सोमबार प्राधिकरणले ३५ औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा गरिएको जानकारी दिएको छ । दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने […]