व्यवसायीले असोज एक गतेदेखि लामो दुरीमा यातायात संचालन गर्ने

Spread the love

काठमाडौं । यातायात व्यवसायीहरुले आफुहरुले असोज १ गतेबाट लामोदूरीको सवारी सञ्चालन गर्ने जनाएका छन् । असोज १ गतेबाट लामोदूरीको सवारी सञ्चालन गर्ने सरकारको निर्णयलाई पर नर्सान पनि उनीहरुले आग्रह गरेका छन् ।

बुधबार यातायात व्यवस्था बिभाग र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ तथा तीन मजदुर संगठनबीच भएको छलफलमा व्यवसायीहरुले जुनसुकै अवस्थामा पनि असोज १ वाट यातायात सञ्चालन गर्ने स्पष्ट पारेका हुन् । छलफलमा आफुहरुले सामाजिक दूरी र सरकारको मापदण्डलाई पालना गर्दै सवारी साधान सञ्चालन गर्ने जानकारी गराएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

उनले यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण सरकारले गर्नुपर्ने बताए । लकडाउनको समयमा ग्यारेजमा सवारी साधान थन्केका कारण यस बर्ष रुट परमिट लगाएत सम्पूर्ण करमा छुट दिनुपर्नेमाग गरेको उनले जानकारी दिए । उनले विदेशबाट आएका नेपालीहरुलाई होल्डिङ सेन्टरबाट बिभिन्न प्रदेशमा पठाउँदा सबै कम्पनीलाई यातायातबाट पठाउन बिभागलाई आग्रह गरिएको बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निषेधाज्ञा खुकुलो, यातायातका साधनमा जोर विजोर प्रणाली लागू

२०७७ भाद्र २४, बुधबार १२:३४
Spread the loveकाठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि सर्तसहित यातायात र ब्यापार, व्यवसायलाई खुकुलो पारिने भएको छ । भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा खुकुलो गर्दै बिहीवारदेखि यातायात र व्यापार व्यवसाय क्षेत्रका लागि खुल्ला गर्ने निर्णय भएको हो । यातायातमा भने जोर, विजोर प्रणाली लागू गरिएको छ । काठमाडौंका […]

समाचार छुट्याे की?