डा. केसीसँग इमान्दार वार्ता गर्न सरकारलाई कांग्रेसको आग्रह

Spread the love

काठमाडौं । नेपाली कांग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी केसी जुम्लामा अनसनमा बसेको एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगरेको भन्दै आपत्ति जनाएका छन् । प्रवक्ता शर्माले डा. केसीका जायज मागहरु पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न संघीय सरकार र कर्णालीको प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ आश्विन ३, शनिबार ०९:१०
Spread the loveकाठमाडौं । कर्णाली प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत, सल्यान, दैलेख, डोल्पा, दाङ, डोटी, काभ्रे, दोलखा र रोल्पाका गरी थप ४४ जनामा संक्रमण पुष्टि भएको हो ।