बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Spread the love

नेपालगंज । बाँकेमा कोरोना सङ्क्रमणबाट आज बिहानै थप एक पुरुषको मृत्यु भएको छ । कोहलपुरस्थित नेपागंज शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि असोज ६ गते राति ११ बजे अस्पताल भर्ना गरिएको थियो । यसअघि नै कोरोनाको लक्षण आशङ्कामा ६ गते स्वाब लिएर परीक्षण गर्दा अपराह्न ४ बजे रिपोर्ट पोजेटिभ आएको थियो ।

दुवैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या देखिएकाले रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले निधनप्रति दुःख व्यक्त गर्दै मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । बाँकेका विभिन्न आइसोलेसन अस्पताल र केन्द्रमा ३८४ सङ्क्रमितको उपचार भइरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वेलायतमा कोरोना भाइरसविरुद्धको खोप परीक्षणका लागि स्वयंसेवकहरूलाई संक्रमित बनाइने

२०७७ आश्विन ९, शुक्रबार ०३:१८
Spread the loveकोभिड १९ विरुद्ध खोप परीक्षण गर्नका लागि स्वस्थ स्वयंसेवकहरूलाई कोरोनाभाइरसबाट सङ्क्रमित बनाउने पहिलो मुलुक वेलायत बन्न सक्ने बताइएको छ । ‘च्यालेन्ज ट्रायल’ भनिने त्यस्तो किसिमको परीक्षण लन्डनमा सम्पन्न गरिने बताइएको छ । त्यस्ता स्वयंसेवकलाई कोरोनाभाइरसबाट जानाजान सङ्क्रमित बनाएर सम्भावित खोपको प्रभावकारिता जाँच्न खोजिनेछ । यस विषयमा द फाइनान्सीयल […]