अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

Spread the love

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ । ट्रम्पले ट्वीट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएका छन् । यस अघि उनले आफ्ना एकजना निकट सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि क्वारन्टीनमा बसेको जनाएका थिए ।

उनकी ३१ वर्षीया सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएका थिए । साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन् ।

मङ्गलवार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो । बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा ¥यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा उनी अझ नजिक देखिएकी थिइन् ।

बिहीवार राति ट्रम्पले ट्विटरमा लेखेका थिएः ‘छोटो समयको छुट्टी समेत नलिइकनै निकै खटेर काम गर्ने होप हिक्सलाई भर्खर कोभिड १९ देखिएको छ। खराब भयो!’ क्वारन्टीनले दोस्रो राष्ट्रपतीय बहसको आयोजनालाई कसरी असर पार्नेछ भन्ने अझै स्पष्ट हुन सकेको छैन । दोस्रो बहस फ्लोरिडा राज्यको मायामिमा १५ अक्टोबरलाई तय गरिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्तारुढ नेकपाको सचिवालय बैठक शनिबार बस्ने

२०७७ आश्विन १६, शुक्रबार ०५:३४
Spread the loveकाठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो । बैठक शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । प्रधानमन्त्रीले राजदूतलगायतका नियुक्तिबारे पार्टीमा सल्लाह […]