• Fri. Oct 30th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

प्रदेश पाँचको स्थायी राजधानी बुटवलबाट दाङ लैजाने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन

ByHT

Oct 4, 2020
Spread the love

बुटवल । प्रदेश पाँचको स्थायी राजधानी बुटवलबाट दाङ लैजाने प्रस्तावको विरोधमा बुटवलमा आइतबार बिहानैदेखि प्रदर्शन भइरहेको छ ।

निषेधाज्ञाका बावजुद संघर्ष समितिको अगुवाइमा रुपन्देहीका व्यावसायिक संघसंस्थाले जुलुस निकालेका हुन् । शुक्रबार प्रदेशसभामा राजधानी सार्ने प्रस्ताव दर्ता भएपछि विभिन्न व्यवसायिक संघ संगठनले संघर्ष समिति बनाई प्रदर्शन सुरु गरेका हुन् ।

उनीहरुले सडकमा टायर बालेर बजार ठप्प पारेका छन् । उनीहरुले नेताहरुका विरुद्ध नाराबाजीसमेत गरेका छन् । संसदमा पेश भएको सो प्रस्ताबमाथि सोमबारदेखि छलफल हुँदैछ ।
फोटोः दिनेश श्रेष्ठको फेसबुकबाट

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *