शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

Spread the love

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र सम्पर्कमा रहेकाहरुलाई सतर्क र सुरक्षित रहन सचिवालयले आग्रह गरेको छ । यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कारोना संक्रमण पुष्टि भएको थियो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सहुलियत मूल्य पसलमा स्पष्ट लेवलिङ नभएका खाद्य बस्तु बिक्री

२०७७ आश्विन २५, आईतवार ११:४६
Spread the loveकाठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेको सहुलियत मूल्य पसलमा स्पष्ट लेवलिङ नभएका खाद्य बस्तुहरु बिक्री वितरण भइरहेको पाइएको छ । आइतबार काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले कम्पनीको अनुगमन गर्दा अधिकांश खाद्य बस्तुमा उत्पादन मिति र लेवलिङ नै नभेटिएको […]

समाचार छुट्याे की?