धुलिखेल अस्पतालद्वारा कोरोना संक्रमित विरामीसँग दुई लाख रुपैयाँ धरौटी माग

Spread the love

काठमाडौं । काभ्रेको धुलिखेलस्थित धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमण भई उपचाररत बिरामीलाई भर्ना हुनुअघि २ लाख रुपैयाँसम्म नगद धरौटी राख्न सूचना जारी गरेको छ । अस्पताल प्रशासनले कात्तिक ३ गते सूचना जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार भन्दै संक्रमितलाई भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्न आग्रह गरेको छ ।

अस्पतालले सामान्य लक्षण भएकासँग ५० हजार, मध्य जटिल बिरामीसँग १ लाख र आईसीयूमा राख्नुपर्ने बिरामीसँग २ लाख रुपैयाँ धरौटी माग गरेको हो । त्यसमा औषधी तथा रोग निदानमा प्रयोग हुने जाँचको थप रकम लाग्ने पनि खुलाएको छ ।

 

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

२०७७ कार्तिक ४, मंगलवार १६:२०
Spread the loveकाठमाडौं । नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना […]