काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली कुबाटोमा दृढ रहेकाले नेकपाका नेता कार्यकर्तालाई विद्रोह गर्न सुझाव दिएका छन् । सोमबार ट्वीट गर्दै भट्टराईले ओलीसँगै सती नजान सुझाएका हुन् ।
विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता र कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु भएको उनले उल्लेख गरेका छन् ।
भट्टराईले लेखेका छन्, ‘ विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको ?ओली आफ्नो कुबाटोमा दृढ छन्, अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?’