विश्वका तीन करोड ४३ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

Spread the love

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ४३ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । कोरोना भाईरस संक्रमितमध्ये विश्वभर एकैदिन ३ लाख २० हजारभन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ३ करोड ४३ लाख ५२ हजार ७ सय ११ जना संक्रमणमुक्त भएका हुन् । पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २७ हजार भन्दाबढीमा संक्रमण भएको छ भने ८ हजार भन्दाबढीको मृत्यु भएको छ ।

यससँगै, कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख २० हजार २२४ पुगेको छ भने कोरोना संक्रमितको कुल संख्या ४ करोड ७८ लाख ४४ हजार ८११ पुगेको छ ।

संक्रमितमध्ये १ करोड २२ लाख ७१ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ८८ हजार १ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ९६ लाख ९२ हजार ५ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई लाख ३८ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ भने ६२ लाख ३६ हजार भन्दा बढी निको भएका छन् ।

त्यसैगरी, छिमेकी मुलुक भारतमा हालसम्म ८३ लाख १२ हजार ९ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २३ हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७६ लाख ५४ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५५ लाख ६७ हजार नाघेको छ भने १ लाख ६० हजार ५४८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५० लाख २८ हजार भन्दा बढी निको भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

२०७७ कार्तिक १९, बुधबार ०३:०६
Spread the loveभारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रिपब्लिक टेलिभिजनले अर्नव पक्राउ परेको पुष्टि गरेको छ । आत्महत्या सम्बन्धी पुरानो मुद्दालाई लिएर उनलाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीका अनुसार सन् २०१२ मा रिपब्लिक टीभीले बक्यौता नदिएको आरोपमा […]