• Tue. Nov 24th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ७ लाख नाघ्यो

ByHT

Nov 9, 2020
Spread the love

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ७ लाख नाघेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट सोमबार बिहानसम्ममा ५ करोड ७ लाख ३१ हजार भन्दाबढी मानिस संक्रमित भएका छन् ।

संक्रमितमध्ये १२ लाख ६१ हजार ९८० जनाको मृत्यु भएको छ भने ३ करोड ५७ लाख ९३ हजार बढी संक्रमणमुक्त भएका छन् । त्यस्तै, संक्रमितमध्ये १ करोड ३६ लाख ७५ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ९२ हजार ६ सय भन्दा बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ करोड २ लाख ८८ हजार ४ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई लाख ४३ हजार बढीको मृत्यु भएको छ भने ६४ लाख ८३ हजार भन्दा बढी निको भएका छन् ।

त्यसैगरी छिमेकी मुलुक भारतमा हालसम्म ८५ लाख ५३ हजार ८ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २६ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७९ लाख १५ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५६ लाख ५४ हजार नाघेको छ भने १ लाख ६३ हजार ३९७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५० लाख ६४ हजार ३ सय भन्दा बढी निको भएका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *