अमेरिकाद्वारा युएईलाई २३ अर्ब डलरको बराबरको प्रतिरक्षा सामग्री बिक्री

Spread the love

अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (युएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ ।

अमेरिकी विदेशी मन्त्रालयका अनुसार युएईलाई बिक्री गरिने सामग्रीहरुमा एफ–३५ लडाकू बिमान, एमक्यू–नाइन–बी मानवरहीत ड्रोन तथा आकाशबाट आकाशमा तथा आकाशबाट जमिनमा मार हान्न प्रयोग गरिने क्षेप्यास्त्रहरु रहेका छन् । डोनाल्ड ट्रम्प प्रशासनले उक्त सामग्री बिक्री गर्नेसम्बन्धी सम्झौताका बारेमा कंग्रेसलाई जानकारी दिएको छ ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले मंगलबार जारी गरेको विज्ञप्तिमा युएईसँग प्रगाढ बन्दै गएको सम्बन्धका कारण आधुनिक हातहतियार बिक्री गर्न लागिएको उल्लेख छ । पछिल्ला केही वर्षदेखि इरानबाट बढ्दो सुरक्षा चुनौती थपिएको अवस्थामा त्यसलाई निस्तेज बनाउन पनि युएईलाई अत्याधुनिक हातहतियार र लडाकू बिमान उपलब्ध गराउनु परेको विदेश मन्त्री पोम्पेओले बताए ।

इजरायलसँग सम्बन्धी सामान्यीकरण गर्नेगरी युएईले इजरायलसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौता गरेलगत्तै युएईलाई अमेरिकाले आधुनिक हातहतियार र युद्धक बिमान बिक्री गर्न लागेको हो ।

यसअघि इजरायल र जोर्डनबीच सन् १९९४ मा तथा इजरायल–इजिप्टबीच सन् १९७९ मा दौत्य सम्बन्ध स्थापना गर्नेगरी सम्झौताहरु भएका थिए । सुडान, बहराइन र युएईसँग भने हालै दौत्य सम्बन्ध स्थापना गर्न सहमति भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीद्वारा किमाथाङ्का नाका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन

२०७७ कार्तिक २६, बुधबार ०७:१७
Spread the loveकिमाथाङ्का । प्रधानमन्त्री केपी शर्मा ओलीले संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको बुधबार अनुगमन गरेका छन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराएका थिए । आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री […]