क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ३६ लाख नाघ्यो

Spread the love

भर्चुअल क्रिप्टोकरेन्सी बिटक्वाइनले मूल्य पहिलोपटक ३० हजार अमेरिकी डलर अर्थात् ३६ लाख नेपाली रुपैयाँभन्दा बढी भएको छ । शनिवार प्रति बिटक्वाइनको मूल्य ३०,८२३.३० अमेरिकी डलर कायम भएको थियो। केही साताअघि मात्रै पहिलोपटक बिटक्वाइनको मूल्य २० हजार अमेरिकी डलर नाघेको थियो ।

गएको वर्ष मात्रै बिटक्वाइनको मूल्य चौगुनाभन्दा बढी बढेको छ। यसको कारण यसमा लगानी गर्न इच्छुक लगानीकर्ता धेरै रहनु बताइएको छ । विज्ञहरूले अमेरिकी डलर अवमूल्यन हुने क्रम रहेको अवस्थामा यसको मूल्य अझ बढ्न सक्ने बताएका छन् ।

अमेरिकी डलरको मूल्य गत वर्ष मार्चमा कोरोनाभाइरसको कारण बढेको थियो तर त्यसयता अमेरिकी ढुकुटीबाट धेरै खर्च भएकोले यसको मूल्य घटेको छ । बिटक्वाइन अमेरिकी डलर वा अन्य मुद्रा झैँ प्रयोग हुन्छ ।

हालै पेपल नामक अनलाइन पेमेन्ट गेटवेले बिटक्वाइनबाट कारोबार गर्न सकिने बनाएको थियो । तर क्रिप्टोकरेन्सीको मूल्य घटबढ भइरहने गर्छ । सन् २०१७ मा बिटक्वाइनको मूल्य २० हजार अमेरिकी डलर नजिक पुगेर घटेको थियो। बिटक्वाइनको सबैभन्दा कम मूल्य ३,३०० डलरसम्म पुगेको छ । गत वर्ष नोभेम्बरमा १९ हजार नाघेपछि यसको मूल्य फेरि कम भएको थियो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाइडनको विजयलाई रोक्न ट्रम्प समर्थक सांसद्हरूको अन्तिम प्रयास

२०७७ पुष १९, आईतवार ०५:३४
Spread the lovemoreअमेरिकी संसद्को माथिल्लो सदन सिनेटका सांसदहरूको एउटा समूहले निर्वाचनमा धाँधली भएको भनिएका मतका विषयमा अनुसन्धान गर्न आयोग नबनाउँदासम्म जो बाइडनको जितलाई प्रमाणित नगर्ने बताएका छन् । सिनेटका सांसद र सांसद निर्वाचित ११ जनाको उक्त समूहको नेतृत्व टेड क्रुजले गरेका छन् । र उनीहरूले अपुष्ट ती आरोपबारे छलफल गर्न […]