उपत्यकामा अत्यधिक प्रदुषण बढेकाले बाहिर निस्क्दा सावधानी अपनाउन वातावरण विभागको आग्रह

Spread the love

काठमाडौं । वातावरण विभागले बालबालिका, रोगी, ज्येष्ठ नागरिक तथा विशेष गरी स्वासप्रस्वास सम्बन्धी रोग भएका व्यक्तिलाई घरबाहिर ननिस्किन अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकामा वायु प्रदुषण अत्याधिक रुपमा बढेको भन्दै विभागले यस्तो अनुरोध गरेको हो । विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले मंगलबार जारी गरेको विज्ञप्तिमा उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेकाले त्यो समयमा घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

विज्ञप्तिमा नेपालगञ्ज, विराटनगरलगायत ठूला शहरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएकाले तराई क्षेत्रका सर्वसाधारणलाई पनि विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस र जसपालाई माधव नेपालको आग्रहः सँगै मिलेर सडक आन्दोलन गरौं

२०७७ पुष २१, मंगलवार ११:१८
Spread the loveकाठमाडौँ । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सँगै सडकमा आउन कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह गरेका छन् । जनता समाजवादी पार्टीले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्रीले सनकका भरमा प्रतिनिधिसभा विघटन गरेकाले त्यसकाविरुद्ध सँगै सडक आन्दोलनमा जान […]