भक्तपुर नगरपालिकाका विद्यालय माघ १ गतेदेखि पूर्ण रुपमा खुल्ने

Spread the love

भक्तपुर । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै विद्यालय आगामी माघ १ गतेदेखि पूर्णरुपमा सञ्चालन हुने भएका छन् । नगरपालिकाको नगर शिक्षा समितिको मंगलबार बसेको बैठकले आगामी माघ १ गतेदेखि सबै विद्यालय पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

जसअनुसार भक्तपुर नगरभित्रका विद्यालयहरुमा बालविकासदेखि कक्षा १२ सम्मका कक्षाहरु विद्यार्थीहरुको भौतिक उपस्थितिमा सञ्चालन हुने भएको छ । यसअघि नगरपालिकाले गत पुस १ गतेदेखि नगरका सामुदायिक र संस्थागत विद्यालयका कक्षा ८, ९ र १० सञ्चालन गर्ने अनुमति दिएको थियो । सो अनुमतिसँगै नगरभित्रका विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुँदै आएको छ ।

नगरपालिकाले विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विभिन्न पेशागत सङ्घसंस्थाका प्रतिनिधिहरुसँगको छलफल र छलफलमा प्राप्त सुझावका आधारमा माघ १ गतेदेखि विद्यालय पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

“कोरोनाका कारण लामो समयसम्म विद्यालय बन्द भई विद्यार्थीहरूको पठनपाठनमा प्रत्यक्ष असर परिरहेको कुरालाई ध्यानमा राखी अभिभावकहरूको पूर्वस्वीकृति, व्यवस्थापन समितिको निर्णय र पूर्वतयारी तथा कार्ययोजना बनाई बालविकासदेखि कक्षा १२ सम्मका कक्षाहरू आगामी माघ १ गतेदेखि सञ्चालन गर्न गराउन विद्यालयहरूलाई पत्राचार गर्ने निर्णय गरेका हौँ”, नगरप्रमुख प्रजापतिले भने ।

उनले विद्यालय सञ्चालनका क्रममा विद्यार्थी तथा शिक्षक/कर्मचारीहरूमा कोभिड– १९ सम्बन्धी कुनै समस्या देखिएमा आवश्यकताअनुसार विद्यालय पूरै वा आंशिक बन्द गर्न नगर शिक्षा शाखाबाट निर्देशन दिन सकिने व्यहोरा पनि सबै विद्यालयहरूलाई जानकारी गराउने निर्णय भएको जानकारी दिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेम्वाङको ‘निरिहता’

२०७७ पुष २१, मंगलवार १६:५१
Spread the lovemoreगगन थापा । प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ।म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ। मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर-”श्रीमान् […]