संवैधानिक आधार बिना विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना हुन्छः वरिष्ठ नेता पौडेल

Spread the love

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार जनता समाजवादी पार्टीले काठमाडौंमा गरेको कार्यक्रममा पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका हुन् । कुनै कानूनी तथा संवैधानिक आधार बिना नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गरेकाले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै व्याख्या गरेर प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वस रहेको बताए ।

संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै यसका निम्ति आफूहरु अदालतमा गएर बहस गर्नुपर्छ भनेपनि तयार रहेको बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आयोगद्वारा मतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत

२०७७ पुष २१, मंगलवार १३:०५
Spread the lovemoreकाठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ र ‘मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७’ स्वीकृत गरेको छ । मतदाता नामावली तयारीसँगै मतदानस्थल तथा मतदान केन्द्र निर्धारणको काम पनि गर्नुपर्ने भएकाले अन्तिम मतदाता नामावली प्रकाशन गर्नु अगावै मतदानस्थल तथा मतदान […]

समाचार छुट्याे की?