कोरोना संक्रमणबाट विश्वमा एकैदिन १३ हजारको मृत्यु

Spread the love

पछिल्लो २४ घण्टामा विश्वमा १२ हजार ९ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख ७५ हजार ४५१ पुगेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा ६ लाख ६६ हजार ९ सय भन्दाबढी नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वमा संक्रमितको संख्या ८ करोड ६८ लाख ३२ हजार १८ पुगेको छ ।

हाल विश्वमा २ करोड ३४ लाख २५ हजार भन्दाबढीमा सक्रिय संक्रमण छ भने १ लाख ८ हजारको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ६ करोड १५ लाख ३१ हजार ३ सय जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड १५ लाख ७८ हजार ६०६ पुगेको छ । कोरोनाका कारण ३ लाख ६५ हजार ६२० जनाको मृत्यु भएको छ भने १ करोड २८ लाख ६२ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १ करोड ३ लाख ७५ हजार ४७९ पुगेको छ । अहलेसम्म १ लाख ५० हजार १५१संक्रमितको मृत्यु भएको छ भने ९९ लाख ९६ हजार बढी संक्रमणमुक्त भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ताजा जनादेश प्राप्त नगरी कांग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक हुन्छः अध्यक्ष थापा

२०७७ पुष २२, बुधबार ०४:०६
Spread the lovemoreकमल थापा, अध्यक्ष राप्रपा । संसद विघटनको संबैधानिकताको परिक्षण अदालतले गर्नेछ।अदालतलाई दवाव वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुनुहुन्न। गत निर्वाचनमा जनताले स्थिर सरकारको निमित्त नेकपालाई स्पष्ट बहुमत दिएका हुन्।जनताको यो म्याण्डेटलाई नेकपाले धोखा दियो।यो अवस्थामा ताजा जनादेशमा जानु लोकतान्त्रिक र संबैधानिक मान्यता हो। जनताले कुनै […]