नेम्वाङको ‘निरिहता’

Spread the love

गगन थापा ।

प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ।म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ।

मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर-”श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो।मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय(Legislative Intent)यस्तो हुँदै होइन”भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ।

अपसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ,प्रश्नबाट भाग्नुभएको छ।आफैले बनाएको संविधानमा ”कु” हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ।

संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदै

२०७७ पुष २२, बुधबार ०३:२३
Spread the lovemoreकाठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतले आजदेखि सुनुवाइ गर्दैछ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका एक दर्जन भन्दाबढी रिटलाईलाई सर्वोच्चले यसअघि नै संवैधानिक इजलासमा पठाइसकेको छ । पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमेशेर राणासहितको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ दिन आदेश […]