प्रतिनिधिसभा विघटनविरुद्ध अनेरास्ववियूद्वारा लालटिन जुलुस प्रदर्शन

Spread the love

काठमाडौँ । नेकपाको प्रचण्ड-नेपाल समूह निकटको अनेरास्ववियूले प्रतिनिधिसभा विघटनको विरुद्धमा लालटिन जुलुस निकालेको छ ।

पुस २१ गतेदेखि दोस्रो चरणको आन्दोलनका कार्यक्रम सुरु गरेको अनेरास्ववियूले बुधबार काठमाडौं उपत्यकामा लाल्टिन जुलुस निकालेको हो । उनीहरुले माइतीघर मण्डलावाट नयाँ वानेश्वरसम्म लालटिन जुलुस प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नेता योगेश भट्टराई पनि सहभागी भएका थिए । त्यसक्रममा उनीहरुले ’दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है ! संविधानमा संसद् विघटनको धारा खै ?’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हत्या अभियोगमा एक भारतीय पक्राउ

२०७७ पुष २२, बुधबार ०७:५९
Spread the lovemoreकाठमाडौं । भारत मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । हत्या अभियोगमा भारत मोतीहारी घर भएका २५ वर्षीय सुबोध शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाईपास ओरालोस्थित सडकमा सुबोधले […]