प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदै

Spread the love

काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतले आजदेखि सुनुवाइ गर्दैछ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका एक दर्जन भन्दाबढी रिटलाईलाई सर्वोच्चले यसअघि नै संवैधानिक इजलासमा पठाइसकेको छ ।

पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमेशेर राणासहितको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ दिन आदेश दिएको थियो । अदालतको आदेशअनुसार दुवै कार्यालयले पुस १९ गते सर्वोच्चमा जवाफ पठाइसकेका छन् । संवैधानिक इजलासले यो मुद्दामा राय दिन एमिकस क्युरी पनि गठन गर्ने भनेको थियो ।

नेपाल बार एसोसियसन र सर्वोच्च बारले पाँच जना एमिकस क्युरी पनि छनौट गरिसकेका छन् । नेपालको संविधान २०७२ मा प्रधानमन्त्रीले यसरी प्रतिनिधि सभा विघटन गर्न पाउने व्यवस्था नै नभएको भन्दै राजनीतिक दलहरू यसको विरोधमा उत्रिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट विश्वमा एकैदिन १३ हजारको मृत्यु

२०७७ पुष २२, बुधबार ०३:५३
Spread the lovemoreपछिल्लो २४ घण्टामा विश्वमा १२ हजार ९ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख ७५ हजार ४५१ पुगेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा ६ लाख ६६ हजार ९ सय भन्दाबढी नयाँ संक्रमित थपिएका छन् । योसँगै […]