प्रधानमन्त्रीले पार्टी जोगाउन राजीनामा दिएको भए हुन्थ्योः उपाध्यक्ष गौतम

Spread the love

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफूले ठूलो मेहनत गरेर एकता भएको कम्युनिष्ट पार्टी विभाजित भएको भन्दै आफूलाई दुःख लागेको बताएका छन् ।

बिहीबारको राष्ट्रियसभाको बैठकमा गौतमले पार्टी विभाजनको अवस्थामा पुगेको भन्दै आफू अझैपनि एकताका लागि लागिपरिरहेको बताएका हुन् । गौतमले आफू दुई वटै समूहमा नलागेको र एकताका लागि अझै प्रयास गर्ने बताए । उनले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको विषय र प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने कुरा आफूलाई केही थाहा नभएको बताए ।

उनले भने, ‘ प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको काम भएछ । आफ्नै पार्टीको नेतालाई पराजित गर्ने काम राम्रो थिएन । तर म पनि सचिवालय सदस्य हुँ । तर उहाँहरुले पनि सोध्नु भएन । अनि प्रधानमन्त्रीले पनि प्रतिनिधिसभा विघटन गर्नुभयो तर अहँ उहाँले पनि एक बचन सोध्नु भएन । यो दुःखद घटना भयो ।’

उनले आफू प्रधानमन्त्रीको आलोचक भएको र उहाँलाई कार्यशैली सुधार्न पटक पटक आग्रह गरेको बताए । उनले भने, प्रधानमन्त्रीको कार्यशैलीले नै पाटीमा विवाद भएको हो । कार्यशैली सुधार्न धेरै पटक सुझाव दिएको पनि हुँ । तर उहाँले आफूविरुद्ध अविश्वास प्रस्ताव आयो भने नराम्रो हुन्छ भन्नु हुन्थ्यो । यस्तो भयो भने मैले त राजीनामा दिनुपर्छ भनेको थिएँ । यदि राजीनामा दिएको भए मेहनत गरेर निर्माण गरेको पार्टी त जोगिन्थ्यो नि ।’

उनले जुनसुकै पार्टीमा अन्तरविरोध हुने र त्यो छलफलबाट निष्कर्षमा पुग्ने बताए । उनले पार्टी विभाजितको अवस्थामा पुग्नुमा दुबै पक्षको कमजोरी रहेको बताए । उनले नेकपाको नामकै बारेमा अदालतमा मुद्दा परेकाले के हुने भन्ने अनिश्चित रहेको बताए । उनले भने, ‘ऋषि कटेलको पक्षमा गयो भने नेकपाको हालत के होला ? एउटा पक्ष नेकपा एमाले र अर्को माओवादी केन्द्र बन्ने होला ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकी संसद्मा जो बाइडनको जित प्रमाणित

२०७७ पुष २३, बिहीबार ०८:२२
Spread the lovemoreअमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ । संसद्ले प्रमाणित गरेपछि अब बाइडनलाई जनवरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ । संसद्मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकनले चुनौती दिएको भए पनि ती दुईतिहाइले पारित […]

समाचार छुट्याे की?