प्रचण्ड-नेपाल समूहलाई निर्वाचनमा दस सिट ल्याएर देखाउन ओलीको चुनौती

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई भगौडाको संज्ञा दिँदै पार्टी छोडेर हिँडेकाको कुरा नसुन्न आग्रह गरेका छन् ।

शुक्रबार कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी छाडेर हिँडेकाहरुको कुरा नसुन्न आग्रह गरेका हुन् । प्रचण्डनेपाल समूह गाली गलौजमा उत्रिएको भन्दै प्रधानमन्त्रीले आफूलाई दन्तबझान गर्न आवश्य नरहेको बताए ।

उनले भने, ‘हामीलाई गाली गलौज गर्ने फुर्सद छैन। देश बनाउन हिँडेका छौं। उहाँहरूसँग दन्तबझान गर्ने फुर्सद छैन।’ उनले प्रचण्ड-नेपाल समूहलाई निर्वाचनमा दस सिट ल्याएर देखाउन चुनौती दिएका छन् ।

प्रधानमन्त्रीले आफूले नेतृत्व गरेको नेकपा छोरी, बुहारी, सम्धीको पार्टी नभएको बताए । उनले आफू सरकारको नेतृत्वमा भए पनि कोही एकजना आफन्तलाई कतै नियुक्ति नदिएको दाबी गरे ।

उनले सरकार मुलुक बनाउन लागि परेको, विकास, निर्माणका लागि स्रोतको व्यवस्थापन गरिरहेको बताए । प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशका नागरिकहरू रोजगारी खोज्दै उत्तराखण्डलगायत भारतका विभिन्न ठाउँमा जानुपर्ने अवस्था अन्त्य गर्न सरकार लागिपरेको पनि बताए । उनले मोटरबाटोले नजोडेको हुम्लालाई पनि सडकसञ्जालबाट विमुख हुन नदिइने जिकिर गरे ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप ५५४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

२०७७ पुष २४, शुक्रबार १०:१६
Spread the lovemoreकाठमाडौं । नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५५४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६४१५९ पुगेको छ । त्यसैगरी शुक्रबार थप ५८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा […]

समाचार छुट्याे की?