थप ३६२ जनामा कोरोना संक्रमण, ६९९ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३६२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६४५२१ पुगेको छ ।

त्यसैगरी शनिबार थप ६९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५७९२८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १९१२ पुगेको छ । क्वारेन्टाइनमा २६२ जना छन् भने आइसोलेसनमा ४६८१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अविश्वासको प्रस्ताव सामना नगरी प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री भगौडा हुन्ः गगन थापा

२०७७ पुष २५, शनिबार १०:२३
Spread the lovemoreकाठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओली भगौडा भएको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार काठमाडौं क्षेत्र नम्बर ४ (ख) को आयोजनामा भएको विरोधसभालाई सम्बोधन गर्दै थापाले अविश्वासको प्रस्ताव सामना नगरी प्रतिनिधिसभा भंग गर्ने बाटोमा हिँड्ने प्रधानमन्त्री क्रान्तिकारी हुनै नसक्ने बताएका हुन् । […]