थप ४४५ जनामा कोरोना संक्रमण, ४१४ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६६१४३ पुगेको छ ।

त्यसैगरी बुधबार थप ४१४ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना सक्रमणमुक्त हुनेको संख्या २५९७७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९३७ पुगेको छ । क्वारेन्टाइनमा २३७ जना रहेका छन् भने आइसोलेसनमा ४४३४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिनिधिसभा विघटन मुद्दा ‘हेर्दाहेर्दैमा’

२०७७ पुष २९, बुधबार १०:५५
Spread the lovemoreकाठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः शुक्रबारका लागि तोकिएको छ । संवैधानिक इजलास र बृहत् पूर्ण इजलाससम्बन्धमा भएको बहस बुधबार पनि सकिएन । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता […]