मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : सभामुख सापकोटा

Spread the love

काठमाडौं । ससभामुख अग्निप्रसाद सापकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको स्मरण गरेका छन् । माघे सङ्क्रान्तिका अवसरमा शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृति हाम्रा मौलिक विशेषता भएको बताएका छन् । उनले भनेका छन्, “संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ ।”

तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीले आआफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको उनको सन्देशमा उल्लेख छ । सभामुखले थारु समुदायले माघीलाई महत्वपूर्ण चाड एवं नयाँ वर्षका रुपमा मनाउने गर्छन् भने माघे सङ्क्रान्तिलाई विभिन्न परिकार बनाएर खाने दिनका रुपमा पनि लिइने उल्लेख गरेका छन् ।

सभामुखले सन्देशमा भनेका छन्, “कोभिड–१९ को महामारी कायम रहेकाले यस वर्षका अरु चाडपर्वमा जस्तै माघेसङ्क्रान्ति÷माघी पर्व पनि उच्च स्वास्थ्य सतर्कताकासाथ मनाउनु हुन सबैमा अपिल गर्दछु ।” यस पर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने सभामुखले विश्वास लिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या १९ लाख ८६ हजार नाघ्यो

२०७७ माघ १, बिहीबार ०२:५४
Spread the lovemoreविश्वमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या १९ लाख ८६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी १६ हजार २६९ संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १९ लाख ८६ हजार ६९६ पुगेको छ । यसअघि बुधबार १६ हजार १ जनाको मृत्यु भएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा […]

समाचार छुट्याे की?