हे भगवान ! अख्तियारले मात्र पनि सही काम गरिदिएको भए…

Spread the love

शारदाप्रसाद त्रिताल ।

हे भगवान ! अख्तियारले मात्र पनि सही काम गरिदिएको भए…
अहिलेका नेताहरुमध्ये धेरैजसो भ्रष्टाचारको अभियोगमा राजनीतिक रिङ्बाट बाहिर भइसकेका हुन्थे । देश र जनताका लागि उत्तरदायी भएर काम गर्ने इमान्दार नेताहरुले जिम्मेवारीमा पुग्ने अवसर पाउने थिए । बाँकी फटाहाहरुमा पनि डर हुने गथ्र्यो र अहिलेको जस्तो हाकाहाकी भ्रष्टाचार गर्न अघि सर्दैनथे र भ्रष्टाचार गरिहालेमा अख्तियारले क्रमशः कारवाही गर्दै जान्थ्यो ।

भ्रष्ट नेताहरुको साथमा लागेर देशलाई कङ्गाल बनाउन सघाउने उच्चस्तरका अनेकौं कर्मचारीहरु पनि भ्रष्टाचारको अभियोगमा कारवाहीमा परिसकेका हुन्थे । योग्य र इमान्दार कर्मचारीहरुले सहज किसिमले काम गर्न पाउने थिए । देशको विकास निकै अगाडि बढिसकेको हुन्थ्यो । अहिलेको राजनीतिक संकट आउने नै थिएन । लोकतन्त्रको सुदृढिकरण भइरहेको हुन्थ्यो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

२०७७ माघ १, बिहीबार १५:१५
Spread the lovemoreबङ्लादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागीको घटना भएको छ । आगलागीका कारण सयौँ शरणार्थीहरुका टहरा जलेर उनीहरु बासस्थान विहिन भएको अधिकारीहरुले जानकारी दिएका छन् । कक्स बजारमा रहेको नयाँपारा रोहिंग्या शरणार्थी शिबिरमा भएको आगलागीपछि शरणार्थीहरु विस्थापित भएका हुन् । सरकारी अधिकारीका अनुसार कम्तीमा ५०० टहरामा बस्ने शरणार्थी […]