ओली हिटलरजस्तै तानाशाही भएकाले पतन छिट्टैः भट्टराई

Spread the love

बुटवल । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरजस्तै निरंकुश र तानाशाही नेता भएकाले उनी छिट्टै पतन हुने बताएका छन् ।

प्रेस नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा भट्टराईले राज्यका सबै अंग नियन्त्रणमा लिएर दुई तिहाइ मतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्नु तानाशाही प्रवृत्ति भएको बताएका हुन् । भट्टराईले प्रधानमन्त्रीको कदम प्रतिगमन मात्र नभई लोकतन्त्र र संविधानमाथिकै प्रहार भएको बताए ।

ओली आन्तरिक रूपमा कमजोर तर महत्वाकांक्षी भएकाले देशीविदेशी शक्तिले उपयोग गरेको भट्टराईले आरोप लगाए । उनले अदालत र न्यायाधीशलाई डर देखाइएका कारण सुनुवाइ प्रक्रिया लम्ब्याइएको आशंका गरे । भट्टराईले प्रतिनिधिसभा पुनःस्थापनाविना कुनै हालतमा निर्वाचन नहुने तर ध्यान विकर्षण गर्न मात्रै चुनावी तयारीको नाटक गरिएको आरोप लगाए ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस

२०७७ माघ ९, शुक्रबार ०६:५८
Spread the loveकाठमाडौँ । महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका छन् । शुक्रबारको इजलासमा महान्यायाधिवक्ता खरेलले राजपत्र पेस गरेका हुन् । बिहीबारको सुनुवाइका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्र प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए । महान्यायाधिवक्ता खरेलले राजपत्र बुझाएपछि […]

समाचार छुट्याे की?