निर्वाचनका लागि आवश्यक सामग्री खरीदका लागि निर्वाचन आयोगद्वारा बोलपत्र आह्वान

Spread the love

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका लागि झण्डै २५ करोड रुपैयाँ बराबरका आवश्यक सामग्री खरीद प्रक्रिया अघि बढाएको छ । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने २८ प्रकारका सामग्री खरिदका लागि बोलपत्र आह्वान गरेको हो ।

आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि आयोगले सामग्री खरीद प्रक्रिया अघि बढाएको हो । बोलपत्रदाताहरुले आजदेखि १७ गतेभित्र बोलपत्र फारम खरिद गरिसक्नुपर्ने र १८ गते मध्यान्ह १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गरिसक्नुपर्ने छ ।

आयोगकाअनुसार छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिनलगायत सामग्रीका लागि बोलपत्र आह्वान गरिएको हो।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानन्यायाधीश र प्रधानसेनापतिवीचको भेटवार्ता उचित र जायज

२०७७ फाल्गुन ११, मंगलवार ११:०५
Spread the loveकेशवप्रसाद भट्टराई । संसद विघटनको पक्ष र विपक्षमा रहेका दुवै पक्षले अदालतको फैसला आफ्नो पक्षमा नभएमा तेस्रो जन आन्दोलनको धम्की दिइरहेका, एउटा पक्षले आफूले चाहे अनुसारको फैसला नभएमा न्यायाधीशहरूलाई अदालतबाट थुतेर सडकमा ल्याउनेसम्मको चेतावनी दिएको अवस्थामा, अर्थात् फैसला विरूद्ध दुवै पक्ष सडकमा आउने र अदालत आक्रोशको तारो बन्ने […]