आहा रारा गोल्डकपमा पुलिसद्वारा थ्री स्टार पराजित

Spread the love

पोखरा । पोखरामा जारी १९औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा सेमिफाइनल सेमिकरण पूरा भएको छ । पोखरा रंगशालामा मंगलबार नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई चार शून्यले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समिकरण पूरा भएको हो ।

मंगलबार मात्र बाग्मती गोल्डकपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्री स्टारलाई पुलिसले पराजित गरेर अफ्रिकन रुट्सँगको भेट पक्का गरेको हो ।

सुरुवातबाट नै दबाब दिएर खेलेको पुलिसले २९ औं मिनेटमा बुद्धबल तामाङले ‘वान टच’मा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमै १–० ले पछि परेको थ्रीस्टारले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो ।

६८ औं मिनेटमा पुलिसले दोस्रो गोल थप्यो । सुमन लामाले बायाँ डिबक्स तर्फ उपलब्ध गराएको पासलाई निरकुमार राईले तेज तामाङको लागि व्याकपास उपलब्ध गरे । तामाङले क्रसबार च्याप्दै गोल गरेपछि पुलिस जित तर्फ उन्मुख हुदैं गयो ।

७४ औं मिनेटमा सुमन लामाको व्यक्तिगत दोस्रो क्रस पासमा बुद्धबल तामाङ नेपाल पुलिसका लागि तेस्रो गोल गदैै फराकिलो नजिता तर्फ अगाडि बढ्यो । ८६ औं मिनेटमा सुमन लामाको पासमा सौजन राईको क्लिन फिनिसिङ गर्दै नेपाल पुलिसलाई ४–० अग्रता सँगै जित सुनिश्चित बनाए ।

म्यान अफ दि म्याचको हकदार भने तेज तामाङ घोषित भए । बुधबार खेलको पहिलो सेमिफाईनल खेल संकटा विरुद्ध सशस्त्र प्रहरी बलबीच हुनेछ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौंमा १४ अस्पतालमा कोभिडविरुद्धको खोप लगाइने

२०७७ चैत्र २४, मंगलवार २०:५८
Spread the loveकाठमाडौं । सरकारले कोभिडविरुद्धको तेस्रो चरणको खोप अभियान बुधबारदेखि सुरु गर्दैछ । तेस्रो चरणअन्तर्गत चीनबाट अनुदानमा प्राप्त खोप चीनमा छात्रवृत्तिमा अध्ययन गरिरहेका र जाने तयारीमा रहेका विद्यार्थी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारी व्यापारी र प्राध्यापकहरुलाई खोप […]