नाइजेरियाको जेलबाट १८ सय भन्दा बढी कैदी फरार

Spread the love

बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलबाट १८ सय भन्दा बढी कैदीहरू भाग्न सफल भएका छन् । आक्रमणकारिहरू दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र पसेका थिए ।

हालसम्म भागेका ६ जना कैदी फर्किएका बताइएको छ । ३५ जनाले भने त्यहाँबाट भाग्न अस्विकार गरेका थिए । प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ ।

तर उक्त समूले आफ्नो सङ्लग्नता अस्विकार गरेको छ । जेलबाट १,८४४ कैदी फरार भएका अधिकारीहरूले बताएका छन् । सोमबार बिहान पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए ।

प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेका थिए । राष्ट्रपति मुहम्मदु बुहारीले आक्रमणलाई अराजकतावादीहरूले गरेको आतङ्कवादको कार्य भनेका छन् ।

उनले सुरक्षा निकायहरूलाई आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्रन निर्देशन दिएका छन् । जनवरी महिनादेखि दक्षिण–पूर्वी नाइजेरियाका कैयौँ प्रहरी कार्यालय र सवारीसाधनमा आक्रमण गरिएको छ र ठूलो परिमाणमा गोलीगठ्ठा चोरी गरिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रिमियर लिगमा म्यान्चेस्टर युनाईटेडद्वारा ब्राइटन पराजित

२०७७ चैत्र २४, मंगलवार ०८:३०
Spread the loveइंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले ब्राइटनलाई २–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक एक गोल गरे । पराजित टोली ब्राइटनका ड्यानी वेलबेकले पहिलो गोल गरेका थिए । प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरलाई न्युकासल […]