काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सभापति देउवाले पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन् । पार्टी नेता नविन्द्रराज जोशीको निधन भएको १३ औ दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपामा बुधबार आयोजित श्रद्धाञ्जलीसभामा सभापति देउवाले पार्टीभित्र कुनै पनि संकट नरहेको बताएका हुन् ।
उनले पार्टीमा कुनै संकट नभएको भन्दै नेता कार्यकर्तालाई आफूले आफैंलाई कमजोर नबनाउन आग्रह गरे । उनले भने, ‘ नेपाली कांग्रेसमा संकट हिजो पनि थिएन र आज पनि छैन । अनि भोलि पनि हुने छैन। यहाँ दोहोरी खेल्ने कुरा छैन । कांग्रेसको आफ्नै ऐतिहासिक जिम्मेवारी छ।’
उनले पार्टीले पटक पटक हारेको र पटक जितेकाले त्यो स्वभाविक प्रक्रिया भएको बताए । सभापति देउवाले नविन्द्रराज जोशीको निधनले पार्टीले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताए । उनले जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको र उहाँको पद पछ्याउनुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशीको निधनले पार्टीमा अपूरुणीय क्षति पुगेको बताए । उनले जोशीले थाल्नुभएका कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्ने बताए ।