एमसीसीसँगको सम्झौता पारित गर्नुपर्छ भनी संसदमा चिच्याउनेहरूलाई देशभक्त नेपालीले बुझौं

Spread the love

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले एमसीसीसँगको सम्झौता पारित गर्नुपर्छ भन्दै संसदमा चिच्याउनेहरुलाई नेपाली जनताले चिन्नुपर्ने बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत रावलले नेपालको सीमा मिचिदा र स्वाभिमानमा प्रहार हुँदा चुइक्क नबोल्ने तर नेपालको स्वाधीनता र स्वनिर्णयको अधिकारमा आघात पार्ने एमसीसीसंगको सम्झौता पारित गर्नुपर्छ भन्दै संसदमा चिच्याउनेहरुको विरोध गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेपालको सीमा मिचिदा र स्वाभिमानमा प्रहार हुँदा चुइक्क नबोल्ने तर नेपालको स्वाधीनता र स्वनिर्णयको अधिकारमा आघात पार्ने एमसीसीसँगको सम्झौता पारित गर्नुपर्छ भनी संसदमा चिच्याउनेहरू सत्ता र कुर्सीका लागि मातृभूमिको चिरहरण गर्न उद्दत रहेको देशभक्त नेपालीले बुझौं । त्यस्ताको विरोध गरौं ।’

सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपाको केपी ओली पक्षका सांसदले एमसीसीसँगको सम्झौता पारित गर्न माग गरेका थिए । सांसद खगराज अधिकारीले एमसीसी सम्झौतालाई संसदको विजनेश बनाउन माग गरेका थिए ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

७ गोल भएको खेलमा सेभियाको रोमाञ्चक जित

२०७७ चैत्र ३१, मंगलवार ०९:३१
Spread the loveस्पेनिस ला लिगामा सेभियाले रोमाञ्चक जित हात पारेको छ। सोमबार भएको खेलमा सेभियाले सेल्टा भिगोलाई ४-३ गोलले पराजित गरेको हो। खेलको सात मिनेटमा कोउन्डोको गोलबाट सेभियाले अग्रता लियो। २० मिनेटमा सेल्टाका अस्पासले पेनाल्टीबाट बराबरी गोल फर्काए। २३ मिनेटमा उनले अर्को गोल गर्दा सेल्टा २-१ ले अघि बढ्यो। खेलको ३५ मिनेटमा […]

समाचार छुट्याे की?