७ गोल भएको खेलमा सेभियाको रोमाञ्चक जित

Spread the love

स्पेनिस ला लिगामा सेभियाले रोमाञ्चक जित हात पारेको छ। सोमबार भएको खेलमा सेभियाले सेल्टा भिगोलाई ४-३ गोलले पराजित गरेको हो।

खेलको सात मिनेटमा कोउन्डोको गोलबाट सेभियाले अग्रता लियो। २० मिनेटमा सेल्टाका अस्पासले पेनाल्टीबाट बराबरी गोल फर्काए। २३ मिनेटमा उनले अर्को गोल गर्दा सेल्टा २-१ ले अघि बढ्यो। खेलको ३५ मिनेटमा सेभियाका फर्नान्डोल गोल गरेपछि खेल २-२ को बराबरीमा आएको थियो। ४३ मिनेटमा सेल्टाका लागि मेन्डेजले तेस्रो गोल गरे। जसका कारण पहिलो हाफमा सेल्टा ३-२ ले अघि रह्यो।

दोस्रो हाफमा सेभियाले दुई गोल गर्दै खेल ४-३ ले आफ्नो पक्षमा पर्‍यो। दोस्रो हाफमा सेभियाका राकिटिकले ६० मिनेट र डारिओ गोमेजले ७६ मिनेटमा गोल गरेका थिए। अंक तालिकामा सेभिया ३० खेलबाट ६१ अंक जोडेर चौथो स्थानमा छ। शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको ६७ अंक छ भने दोस्रो स्थानको रियल म्याड्रिडको ६६ र तेस्रो स्थानको बार्सिलोनाको ६५ अंक छ। सेल्टा भिगो ३७ अंक जोडेर दशौं स्थानमा रहेको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट बाराको जितपुरका एक युवकको मृत्यु

२०७७ चैत्र ३१, मंगलवार १०:३१
Spread the loveवीरगंज । कोरोना सङ्क्रमणका कारण वीरगञ्जमा मंगलबार बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भारतको हैदरावादबाट नेपाल फर्किएका बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका–९ छातापिपरा निवासी ३७ […]