नामिबियालाई कोभाक्सबाट २४ हजार डोज खोप उपलब्ध

Spread the love

अफ्रिकी मुलुक नामिबियाले शुक्रबार कोभाक्स मार्फत उपलब्ध गराइएको कोभिड–१९ विरुद्धको खोप प्राप्त गरेको छ । विश्व स्वास्थ्य संगठनको अग्रसरतामा स्थापित कोभाक्समार्फत पहिलो चरणमा नामिबियालाई २४ हजार डोज दिइएको छ ।

नामिबियाका स्वास्थ्य तथा समाजसेवा मन्त्री कालुम्बी शाङ्गुलाले अस्ट्राजेनिकाको उक्त खोप देशका विभिन्न भागमा पठाइने बताए । नामिबियामा हालसम्म तीन हजार ५८७ जनाले खोप लिएका छन् । करिब २५ लाख जनसंख्या रहेको नामिबियाले आफ्नो कूल जनसंख्याको कम्तीमा ६० प्रतिशतलाई खोप दिने तयारी गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टोखाका विद्यालय वैशाख १० गतेदेखि १५ गतेसम्म बन्द हुने

२०७८ बैशाख ३, शुक्रबार १९:१७
Spread the loveकाठमाडौं । काठमाडौंको टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएका छन् । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन वैशाख नौदेखि विद्यालय बन्द गर्न लागेको जानकारी […]