गृहमन्त्रीमा थापा पुनःनियुक्त

Spread the love

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापालाई गृहमन्त्री नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले थापालाई गृहमन्त्री पुनर्नियुक्त गरेकी हुन् ।

थापालाई संविधानको धारा उपधारा (१) अनुसार मन्त्रीमा पुनर्नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । आइतबारै संघीय संसद् सचिवालयले गृहमन्त्री थापा राष्ट्रियसभा सदस्य नरहेको सूचना टाँस गरेको थियो । सांसदसँगै उनको गृहमन्त्री पद पनि समाप्त भएको थियो । उनलाई आजै साँझ ५ बजे शपथ गराउने तयारी गरिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब नयाँ सरकारले प्रतिगमनकारीलाई ठेगान लगाउँछः प्रचण्ड

२०७८ बैशाख ५, आईतवार १४:०९
Spread the loveकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र अदालत मिलेर नेकपा विभाजन गरेको आरोप लगाएका छन् । आइतबार चितवनको माडीमा वाइसिएल नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली र अदालत मिलेर पार्टी विभाजन गरेको आरोप लगाएका हुन् हुन् । उनले पार्टी विभाजन […]

समाचार छुट्याे की?