कुशल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा

Spread the love

काठमाडौं । नेपाली युवा खेलाडी कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा पर्न सफल भएका छन् । रुपन्देहीका २४ वर्षीय भुर्तेलले काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएपछि उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले बरियातामा समावेश गरेको हो ।

भुर्तेल टी–२० को नयाँ बरियतामा शीर्ष १०० खेलाडीको सूचीमा परेका छन् । उनी ९३ औँ स्थानमा रहेका छन् । भुर्तेल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेत पर्न सफल भएका छन् ।

उनले तीन खेलमा एक सय ८५ रन बनाएका छन् । भुर्तेलले नदेरल्याण्ड्ससितको खेलमा दुई तथा मलेसियासितको खेलमा एउटा अद्र्धशतक बनाएका थिए । नेदरल्याण्ड्ससितको पहिलो खेलमा भुर्तेलले ६२ रन, मलेसियासितको खेलमा ६१ रन तथा नेदरल्याण्ड्ससितको खेलमा ६२ रन बनाएका थिए ।

यसैगरी आइसीसीले जारी गरेको नयाँ बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ८३औँ स्थानमा परेका छन् । उनी यसअघिको बरियतामा ७३औँ स्थानमा थिए । अभ्यासका क्रममा घाइते भएपछि खड्का हाल जारी त्रिदेशीय टी–क्रिकेट सिरिज खेल्नबाट वञ्चित भएका छन् ।

यस्तै बलिङतर्फ सन्दीप लामिछाने विश्व बरियतामा ७७ औँ स्थानमा रहेका छन् । उनी यसअघि ८४औँ स्थानमा थिए । हाल जारी टी–२० सिरिजमा लामिछानेले तीन खेलमा आठ विकेट लिएका छन् ।

उनले नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा मङ्गलबार चार विकेट लिएका थिए । योसँगै लामिछाने नेपालका लागि टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् ।

टी–२० क्रिकेटमा उनले हालसम्म २४ खेलमा ४२ विकेट लिएका छन् । यसअघि टी–२० क्रिकेटमा नेपालका लागि सर्वाधिक विकेट लिने कीर्तिमान करण केसीको नाममा थियो । उनले ३१ खेलमा ४१ विकेट लिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राजिलमा अर्को चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति

२०७८ बैशाख ८, बुधबार २२:५८
Spread the loveब्राजिलले दोस्रो चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । ब्राजिलको स्वास्थ्य अनुगमन ब्युरोले बुधबार दिएको जानकारी अनुसार गत १६ तारिख चीन क्लोभर बायोफार्मास्यूटिकल्सद्वारा अनुसन्धान गरिएको कोभिड–१९ विरूद्धको खोपलाई ब्राजिलमा दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको छ । यो ब्राजिलमा क्लिनिकल परीक्षण गर्न अनुमति […]

समाचार छुट्याे की?