राष्ट्रिय सुरक्षामा आँच आउने काम कतैबाट हुनुहुँदैनः प्रधानसेनापति थापा

Spread the love

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले गरिमामय सैन्य सङ्गठनमा प्रतिकूल हुने कार्य नगर्न सम्बद्ध सबैलाई निर्देशन दिएका छन् ।

नेपाली सेनाका सकल दर्जालाई मानवीय मूल्य, मान्यताप्रति संवेदनशील रहेर उनीहरुलाई नैतिकवान् एवं सत्चरित्रवान् बनाउन अभिप्रेरित गर्ने उद्देश्यले आयोजित साताव्यापी सैनिक आचरणसम्बन्धी कार्यक्रमको बिहीबार समापन गर्दै प्रधानसेनापति थापाले आचरणमा नबस्दा नेपाली सेना कमजोर हुने र यसले व्यक्तिगत, समूहगत वा छदम्भेषी तत्वलाई मात्र फाइदा पुग्ने बताएका हुन् । “राष्ट्रिय सुरक्षामा आँच आउने काम कहीँकतैबाट हुनुहुँदैन”, उनले भने ।

सैनिक आचारसंहिता कार्यान्वयनमा आएको र यसलाई दण्ड सजाय व्यवस्थाका रूपमा नलिई सङ्गठनमा सकारात्मक संस्कृतिको थालनी मान्न उनले आग्रह गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ओली र माधव नेपालबीच आजपनि वार्ता

२०७८ बैशाख ९, बिहीबार १५:२६
Spread the loveकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि वार्ता सुरु भएको छ । नक्सालस्थित होटल मेरियटमा वार्ता सुरु भइरहेको हो । यसअघि लामो समयपछि बुधबार बेलुका पनि दुई नेताबीच दुईघण्टा भन्दा बढी समय वार्ता भएको थियो । वार्ताबाट एमाले भित्रको आन्तरिक […]