त्रिभुवन विमास्थलबाट तेस्रो मुलुक प्रस्थानमा प्रतिबन्ध

Spread the love

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमन को रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ ।

नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले जनाएको छ ।

त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको पनि विभागले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

२०७८ बैशाख १४, मंगलवार १३:३३
Spread the loveपोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । मंगलबार बसेको बैठकमा पीसीआर परीक्षणको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको हो । नेकपा एमालेका गण्डकी प्रदेश सांसद राजिव पहारीले पीसीआर परीक्षण गरेर मात्र संसद चलाउन माग गरे । गण्डकी प्रदेश सभामा बोल्दै उनले कोरोना महामारीको […]