सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र कोभिड महामारीबाहेकका मुद्दा नहेर्ने

Spread the love

काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका कारण वैशाख १५ देखि वैशाख मसान्तसम्म सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित बाहेकको मुद्दा नहेर्ने भएको छ ।

मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले यस्तो निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

त्यस्तै, बैठकले उच्च अदालत, जिल्ला अदालत र अन्य अदालत र न्यायाधीकरणको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्यांकनको आधारमा उपयुक्त देखिएको कामकारवाही सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत र न्यायाधिकरणलाई मिलाउन निर्देशन दिएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिड महामारी नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन माओवादी केन्द्रको माग

२०७८ बैशाख १४, मंगलवार १९:०६
Spread the loveकाठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटीको बैठकले कोरोना महामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको हो । बैठकले कोभिड–१९ को बहुआयामिक प्रभावलाई पनि सम्बोधन गर्न […]

समाचार छुट्याे की?